उपभोग्य वस्तु मात्रै नभएर कृषि क्षेत्रमा पनि लाग्न साल्ट ट्रेडिङलाई आपूर्तिमन्त्रीको निर्देशन

Advertisement

काठमाडौं । साल्ट टे«डिङ कर्पोरेशनले लिमिटेडले कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ । बुधवार कर्पोरेशनले काठमाडौंमा स्थापनाको ६१औं वार्षिकोत्सव मनाउँदै यस्तो बताएको हो । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट टे«डिङ कर्पोरेशनले उपभोग्य वस्तु मात्रै नभएर कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न आवश्यक रहेको बताए । उनले सरकारको आवश्यकताअनुसार निर्देशन पालना गरी उपभोग्य वस्तुहरुको उपलब्धतामा देखाएको सक्रियता सकारात्मक रहेको बताए । 

Advertisement

रिजालले नुन जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधरणमा सहज रुपमा पुर्याउनु प्रशंसायोग्य काम गरिरहेको बताए । 

उनले कृतिम मूल्यवृद्धि नियन्त्रणमा सकारात्मक भूमिका कर्पोरेशनको रहेको भन्दै जनतालाई सुपथ मूल्यमा गुणस्तरिय उपभोग्य वस्तु उपलब्ध गराउने काम गरेको बताए । 

आफूहरुले उद्देश्य अनुसार जनतालाई सुपथ र सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरु उपलब्धतालाई निरन्तरता दिइरहेको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले बताइन् । उनले कर्पोरेशन अफ्ठ्यारो परिस्थितिमा पनि आम उपभोगक्ताहरुलाई सहज रुपमा व्यापार विविधिकरणसहित सक्रिय बनाउने बताइन् । 

श्रेष्ठले कर्पोरेशनले कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्याउने उद्देश्यले अनुदानित मलमा मात्रै सिमित नभई गैरअनुदानित मल पनि आयात गरी बिक्री वितरण गरिरहेको बताइन् । उनले उपभोक्ताहरुलाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौँडाको नेपाल वनस्पति घ्यु उद्योगबाट तोरीको तेल उत्पादन प्रारम्भ गरी उपभोक्ता समक्ष पुर्याइरहेको बताइन् । 

श्रेष्ठले कर्पोरेशन अब कारोबार र सेवा बिस्तार गर्नमा प्रयत्नशील रहेको बताइन् । लामो समयदेखि उक्त संस्थानको सीईओ रहेकी उनले नवीन ढंगले काम गर्ने भन्दा पनि भ्रष्टाचारलाई मलजल गर्ने आफू टिकिरहने खेलमा लागेको आरोप लाग्दै आएको छ । 

Advertisement

Advertisement