काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डे नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको आजको बैठकले पाण्डेलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी नेपाल बैंकका पूर्व मुख्य व्यवस्थापक हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका पाण्डे तत्कालीन भिवोर विकास बैंकका डीसीईओ थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।
नेपाल बैंकको सीईओ पदमा पाँच जना शर्ट लिस्टिङ