अन्तर रिह्याब फुटबल प्रतियोगिताको उपाधि आश्रय समूहलाई

Advertisement

काठमाडौं । ‘दोश्रो आश्रय कप २०८०’ को उपाधी आश्रय समूहले हात पारेको छ । आश्रय लागू औषध तथा पुनस्र्थापना केन्द्रले आयोजना गरिएको अन्तर रिह्याब ५ ए साईड फुटबल प्रतियोगितामा आश्रय समूहले नै उपाधी जित्न सफल भएको छ । 

सुन्दरीजलस्थित आश्रय समूहको होम ग्राउन्डमा भएको सो प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका गरी कूल १३ वटा पुर्नस्थापना केन्द्रहरुको  सहभागिता थियो । 

Advertisement

प्रतियोगितामा प्रथम आश्रय समूह, दोस्रो सोबर रिकभरी सेन्टर र तेस्रो हार्मोनी भएका छन् । 

प्रतियोगितमा विजयी खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपककुमार रिसालले तीस हजार, २० हजार र १० हजार नगदसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।  

मेयर रिसालले लागू औषधमुक्त समाज बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको भन्दै सुन्दरीजलस्थित गोकर्णेश्वर नगरपालिकाले अन्तर्रास्ट्रिय स्तरको कबर्ड हल बनाई रहेको र आउने बैशाखमा निर्माण सम्पन्न भई हस्तान्तरण गर्ने कार्य योजना रहेको बताए । 

आश्रय समूहका संस्थापक छिरिङ शेर्पाले लागू औषध मुक्त समाज निर्माणको लागि खेलकुद अपरिहार्य रहेको बताए । 

आउँदा दिनहरुमा पनि आश्रय समूहले खेलकुद मात्र नभइ अन्य विभिन्न माध्यमबाट लागू औषधको जोखिममा रहेका युवाहरु, प्रयोगकर्ताहरु र लागु औषध सम्बन्धि काम गर्ने विभिन्न संघ संस्थाहरु, पुनर्स्थापना केन्द्रहरुको एकता, सचेतना र लागु औषध मुक्त समाज निर्माण गर्न एक्यवद्धता भई अघि बढ्ने र कार्यक्रम आयोजना गर्ने शेर्पाले जानकारी दिए । 

Advertisement

Advertisement