राउण्ड टेवल नेपालको आयोजनामा ‘लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता’

Advertisement

काठमाडौं । राउण्ड टेवल नेपालले ‘लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता’ आयोजना गरेको छ । प्रतियोगिताको यो चौंथो संस्करण हो । 

शनिबार र आज (आइतबार) आयोजित प्रतियोगिताको शीर्ष प्रयोजक लिटमस केवल रहेको छ । ‘जिल आरटी– २२, अल्पसंख्यक विद्यार्थीहरुका लागि ‘एडप्ट, एडप्ट एण्ड इम्प्रुभ’ प्रतिवद्धताका साथ यो प्रतियोगिताको घोषणा गरिएको आयोजकको भनाई छ । 

Advertisement

यस प्रतियोगितामा आठ प्रतियोगीहरु रहेका छन् जसमा ग्लोबई आईएमई बैंक, क्लाउड फ्याक्ट्री नेपाल, स्ट्रोम कम्युनिकेसन नेपाल प्रा.लि., आईसीएफसी फाइनान्स, लिटमस इन्डिष्ट्रिज लिमिटेड, नेपाल एसबिआई बैंक, हिमालय रि–इन्स्योरेन्स र त्रिवेणी ग्रुप छन् । 

‘स्पोर्टसम्यानसिप, क्यामरेडेरि एण्ड फेलोसिप’को उत्सव हुने यस खेलमा कर्पोरेट टिमले खेलकुद र समुदाष् दुवैप्रति आफ्नो र समर्पण देखाउँदै प्रतिस्पर्धा गर्दै आएका छन् । खेलको प्लाटिनम स्पोन्सरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, ग्रिस्पर प्राइभेट लिमिटेड, ग्लोबल आईएमई बैंक, हिमालय रि–इन्स्योरेन्स रहेका छन् । 

यो प्रतियोगिताबाट उठेको कोषले नमुना विद्यालयहरुको विकासमा प्रत्यक्षरुपमा योगदान पुर्याउने र विपन्न विद्यार्थीहरुको शैक्षिक र व्यक्तिगत हितका लागि प्रयोग हुने जनाइएको छ । राउण्ड टेवल नेपालले देशभरका नमुना विद्यालयहरु निर्माण गरी आवश्यकतामा परेकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राख्दै आएको छ । 

Advertisement

Advertisement