ट्वान्टी–२० : उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्दै

Advertisement

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । 

खेल बिहान पौने १२ बजे सुरू हुनेछ ।

Advertisement

यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकिएको थियो । मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो ।

पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोडेका छन् । त्यस्तै, हङकङले एक अंक मात्रै जोड्यो ।

हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

Advertisement

Advertisement