सिद्धि हाइड्रो कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

Advertisement

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । 

यसैक्रममा सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेडबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । 

Advertisement

उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत आयोजना’ इलाम जिल्लामा अवस्थित रहेको छ ।  सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।   
 

Advertisement

Advertisement