काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन सुनको मूल्य तोलामा दुई हजार ७०० रुपियाँले घटेको हो ।
मंगलबार छपावाला सुनको मूल्य एक लाख ३५ हजार ५०० रुपियाँ र तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदी तोलामा ४५ रुपियाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।