औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

Advertisement

धादिङ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।  केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । 

Advertisement

गुड्दा गुड्दै एक्कासि सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

धुनिबेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । 

Advertisement