नेपाल लाइफद्वारा ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा’ योजना सार्वजनिक

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा’ योजना सार्वजनिक गरेको छ । 

कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका सीईओ प्रवीणरमण पराजुलीसहितका व्यक्तित्वहरुले उक्त बीमा योजनाको अनावरण गरे । 

Advertisement

यो योजना मार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने कम्पनीले जनाएको छ । 

कार्यक्रममा समग्र अभिकर्ताहरुको प्रतिनिधित्व गर्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओमबहादुर केसीले यस नयाँ योजनाको सफलताको कामना गरे ।

Advertisement