आवधिक योजनाको ‘युटिलिटी’ समाप्त भइसक्योः महत

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले १६ औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७।३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन् । 

बिहीवार राजधानीमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गरे । महतले आवधिक योजनाको युटिलिटी समाप्त भइसकेको बताए । उनले योजना आयोगको संरचनालाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुमपा विकास गर्न आवश्यक रहेको बताए । 

Advertisement

महतले योजनाले लिएका लक्ष्य प्राप्तिका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि अड्चनहरुको पहिचान गर्न आवश्यक रहेको बताए । उनले भने, ‘अब यो आवधिक योजनाको युटिलिटी समाप्त भइसक्यो । त्यसकारण अब यो आयोग योजना आयोगको संरचना छ, यसलाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुमपा आउने दिनमा विकास गर्नेतर्फ सरकार र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्छ ।’ 

महतले थपे, ‘सिरियस थिंक ट्यांकको रुपमा रिसर्च र मनिटरिङको संयन्त्रको रुपमा यसलाई विकास गर्ने हो भने रिसर्चबेस पोलिसी रिकमेण्डसेन छ, त्यसलाई सरकारले कार्यान्वयनमा लिएर जाने तहमा जानुपर्छ । यसले समृद्ध नेपाल र सुखी नेपाली भनेर घोषणा गरेको छ । अब शब्द त अत्यन्त सुन्दर छ, त्यसमा विमति हुने कुरै छैन । यसका तमाम लक्ष्य, इण्डिकेटरहरु, गरिबी १२ प्रतिशतमा झार्ने भनेको छ, यसमा आपत्ति गर्नुपर्ने कुनै कुरा नै छैन । तर त्यो लक्ष्य प्राप्तिका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि अड्चनहरु कहाँ छन्, समस्या कहाँ छन्, त्यतातिर हाम्रो ध्यान जानुपर्छ ।’ 

उनले मुल अड्चन ‘पोलिटिकल एण्ड ब्युरोकेटिक इस्ट्याब्लिटी हो भन्दै जबसम्म प्रशासनतन्त्र र राजनीतिक तहमा स्थायित्व नभएसम्म देश विकास नहुने बताए । महतले भने, हाम्रो प्रशासनतन्त्रमा जुन सरुवाको एभरेज आयु नै पनि सचिव, सहसचिवको हेर्ने हो भने पनि त्यस्तै छ, राजनीतिक तहको आयु हेर्ने हो भनेपनि यसले समग्र हाम्रो ग्रोथ, आर्थिक विकासको लक्ष्य निर्धारण गरेका छौँ, त्यसमा ठूलो इम्प्याक्ट प्रभाव पारिरहेको छ ।’

महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै अर्थिक वृद्धि हुनसक्ने बताए । उनले लक्ष्यअनुरुपका प्राथमिकता नहुँदा समस्या आइरहेको बताए । महतले अहिलेको सबैभन्दा ठूलो समस्या सााधारण खर्च रहेको बताए । 

Advertisement