लुक्ला विमानस्थलमा नियमित उडान नहुँदा पर्यटकहरुको बिचल्ली

Advertisement

काठमाडौं । सगरमाथाको मुख्यद्वारा लुक्लास्थित तेन्जिङ–हिलारी एयरपोर्ट (लुक्ला एयरपोर्ट) मा नियमित उडान नहुँदा पर्यटकहरुको बिचल्ली भएको छ ।  

पर्यटकको मुख्य सिजन चलिरहेको बेला विभिन्न देशबाट नेपाल आएका विदेशी तथा आन्तरिक पर्यटकहरु आफ्नो गन्तव्यमा पुग्न मन्थली विमानस्थलमा दुई दिनसम्म उडानको पखाइमा रहन् परेको एक पर्यटकले कर्पोरेट नेपाललाई बताए ।  

Advertisement

उनले भने, ‘मौसमका कारण मन्थली विमानस्थलबाट लुक्ला नियमित उडान नहुँदा म आफैं पनि यसरी विमानस्थलमा उडानको पखाइमा छु । यसरी उडान नहुँदा विमानस्थलमा लामो समयसम्म उडानको पखाईमा पर्यटकहरु बसिरहँदा विश्वमा कस्तो सन्देश जान्छ ?, न खाना राम्रो छ, न बस्ने व्यवस्था छ । खानेकुराहरु पनि मनपरी मूल्यमा बिक्री गर्छन् ।’

त्यस्तै सगरमाथा आधार शिविर पदयात्रामा जान मन्थली विमानस्थल पुगेका एक पर्यटकले भने, ‘लाखौं रुपियाँ खर्च गरेर नेपाल घम्न आएका पर्यटकहरुले यसरी रोजेको गन्तव्यमा पुग्न सास्ती खेप्नु दुःखदायी कुरा हो ।’ 

null

Advertisement

Advertisement