सगरमाथाको ‘रोप फिक्सिङ’: मौसमले साथ दिए मे १० तारिखसम्म चुचुरोमा पुग्ने

Advertisement

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सेभेन समिट ट्रेक्स कम्पनीको ‘रोप फिक्सिङ’ टिमले सगरमाथाको साउथ कोल (क्याम्प–४) सम्मको ‘रोप फिक्सिङ’ सम्पन्न गरेको छ । 

यसअघि आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण गरेका थिए । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सेभेन समिट ट्रेक्स कम्पनीको ‘रोप फिक्सिङ’ टिमले सगरमाथाको साउथ कोल ९क्याम्प–४० सम्मको ‘रोप फिक्सिङ’ सम्पन्न गरेका छन् । साथै  मौसमले साथ दिए मेको १० तारिख सम्म सगरमाथाको चुचुरो सम्म ‘रोप फिक्सिङ’ गरिसक्ने उनले बताए । 

Advertisement

२०२४ को वसन्त ऋतुमा सगरमाथा लगायत ल्होत्से हिमालमा क्याम्प–२ देखि चुचुरो सम्म आरोहण कार्यका लागि आवश्यक पर्ने डोरी ‘रोप फिक्सिङ’ गर्ने जिम्मेवारी पर्वतारोहण संचालक संघ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स कम्पनीलाई दिएको र आज (आइतबार) गते अपरान्ह २ः२० बजे ‘रोप फिक्सिङ’ टोलीले चौथो शिविर (साउथ कोल) सम्म डोरी टाँग्ने काम सम्पन्न भई चौथो शिविर (साउथ कोल ७९५० मि) सम्म आरोहणका लागि बाटो खुलेको उनले जानकारी दिए । 
 

Advertisement

Advertisement