जलविद्युत क्षेत्र नेपालको आर्थिक क्षेत्रको रुपमा स्थापित हुँदैछः मन्त्री बस्नेत

Advertisement

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत क्षेत्र नेपालको आर्थिक क्षेत्रको रुपमा स्थापित भइरहेको बताएका छन् । 

आईतवार काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले जलविद्युत नेपालको समग्र आर्थिक विकासको निम्ति महत्वपूर्ण पूर्वाधार मात्रै नभइ व्यापार र आर्थिक क्षेत्रको रुपमा स्थापित हुँदै गएको बताए । 

Advertisement

सरकारले जलविद्युत उत्पादन, प्रशारणको, वितरण प्रणालीको सुधारको एउटा समग्र योजनाका साथ काम गरिरहेको पनि बताए । उनले उत्पादन, प्रशारण, वितरण प्रणालीलाई व्यवस्थित गर्नको लागि आवश्यक पर्ने लगानी जुटाउन र लगानीमैत्री वातावरणका लागि तयार हुनुपर्ने बताए । 

जलविद्युत उत्पादनमा लगानी बढाउने कुरालाई मध्यनजर गरी सरकारले वन क्षेत्र, जग्गा प्राप्तिसँग सम्बन्धित कानूनहरु केही नेपाल ऐन संशोधनमार्फत सुधार गरेको जिकिर गरे । उनले जलश्रोतको अधिकतम सदुपयोगको निम्ति उत्पादन वृद्धिको योजना बनाइएको पनि बताए । 

मन्त्री बस्नेतले विद्युतमा लगानी गर्नको निम्ति थप अनुकुलनको वातावरण निर्माण भइरहेको बताए । उनले देशभर ९८ प्रतिशत जनताको पहुँचमा विद्युत पुगिसकेको दाबी गर्दै आगामी एक वर्षभित्र सबै नागरिकहरुमा विद्युतको पहुँच पु¥याउने प्रतिवद्धता जनाए । 

Advertisement

Advertisement