काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पाँच हजार ८३० मत अन्तरले पछि पार्दै उनी विजयी भएका हुन् ।
यसघिको निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा स्वर्गीय सुवास नेम्वाङ झिनो मतान्तरले विजयी भएका थिए । सुहाङले २७ हजार ७७२ मतसहित विजयी भएका हुन् । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।
निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु अस्वीकृत भएका छन् । थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर रास्वपाका लिम्बुले पाँच हजार ५० मत पाए ।