लगानी सम्मेलनपछि शेयर बजारमा उत्साहः नेप्से २ हजार अंकमाथि, पौन ५ अर्बको कारोबार

Advertisement

काठमाडौं । नेपालमा सञ्चालन भएको लगानी सम्मेलन पछि शेयर बजारमा उत्साह छाएको छ । नेप्से बढेर पुनः २ हजार अंक पार भएको छ भने कारोबार रकम पनि पौन ५ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.९३ अंकले बढेको हो । १.३० प्रतिशतले बजार बढ्दा नेप्से २००६.२८ अंकमा उक्लिएको छ । 

Advertisement

समग्रमा बजार उचालिंदा वित्त समूह भने १.१८ प्रतिशतले घटेको छ । बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी विकास बैंक समूह ४.९० प्रतिशतले बढेको छ । 

आज ३२० कम्पनीका १ करोढ १८ लाख ३८ हजार १ सय ५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार ६ सय १.६६ रुपियाँ बराबरको कारोबार भएको हो । 

दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै पोखरा फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.१८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १८ करोड २४ लाख २८ हजार १ सय ९२.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार १४.३३ अंकले उचालिंदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५.८२ रुपियाँ र सोमबार बजार ०.०७ अंकले बढेको थियो ।   
 

Advertisement

Advertisement