हामी धनी भए धनी नेपाली, गरिव भयौ भने दुनियाँले हेप्ने गरिव नेपाली, त्यही हो पहिचानः ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवार विजय भएपछि आयोजित सभामा उनले कोशी नामाकरण गर्दा केही पनि नब्रिगिएको बताए । 

साझा नाम भएकाले कोशीको नामाकरण गर्दा केही पनि नबिग्र्र्र्र्र्रने भन्र्दै उनले कोशीको नामाकरणलाई लिएर कसैले पनि संवेनशील बन्नुपर्ने आवश्यकता नभएको बताए । विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, वागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर ओलीको भनाई छ । 

Advertisement

उनले भने ‘धेरैले रुचिका साथ यो निर्वाचनलार्ई हेर्नुभयो । त्यो स्वभाविकै थियो । अनेक प्रकारका भ्रमपूर्ण कुराहरुका अभियान चलेका थिए । कोही एमाले छोडेर गएका मान्छेहरु यतै जिल्लातिरका नेताहरु एमाले हराउन बेस्सरी लागेका थिए । के हो, के हो ? भन्ने पनि पर्यो होला । कोही कोही पहिचान भनेको के हो, के हो ? के लाई पहिचान भन्ने ? हामी सबै नेपाली हौं । पहिलो पहिचान हाम्रो त्यो हो । हामी धनी भयौं भने धनी नेपाली, गरिव भयौ भने दुनियाँले हेप्ने गरिव नेपाली । त्यही हो पहिचान ।’ 

ओलीले थपे, ‘पहिचानको कुरा होइन । त्यो त प्रदेशको नामको कुरा हो । कुनै जाति विशेषको, कुनै व्यक्ति विशेषको, कुनै थर विशेषको आदिको पहिचानको कुरा होइन प्रदेशको नाम । पहिले पनि जतिबेला बाँडिएको थियो, त्यसैगरी बाँडिएका हुन्थे । मेची अञ्चल थियो, कोशी अञ्चल थियो । त्यही थिएन र ? मेची अञ्चल थियो, कोशी अञ्चल थियो । वागमती अञ्चल थियो । गण्डकी अञ्चल थियो । नारायणी अञ्चल थियो । कर्णाली अञ्चल थियो । सेती अञ्चल थियो, महाकाली अञ्चल थियो । यस्तै न थिए अञ्चल । तसर्थ यो धेरै ठूलो कुरा होइन । यसलाई धेरै संवेदनशीले बनाउनुपर्ने केही पनि छैन । साझा नाम राख्दाखेरी केही पनि बिग्रिँदैन । साझा नाम राख्दा अघि सुहाङजीले भन्नुभएजस्तै हामी सयौं थुंगा फूलका एउटै माला नेपाली हौं ।’

Advertisement

Advertisement