ट्वान्टी–२० शृंखला : आज नेपाल र वेस्ट इन्डिज ‘ए’ तेस्रो खेल खेल्दै

Advertisement

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेल आज वेस्ट इन्डिज ‘ए’ र घरेलु टिम नेपाल खेल्दै छन् । 

खेल कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा १२१५ देखि सुरु हुनेछ । 

Advertisement

यसअघिका दुई खेलमा दुवै टिमले १–१ अंक जोडेका छन् । शृंखला १–१ को बराबरीमा छ । 

पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा नेपालविरुद्ध १० रनको जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ शृंखला १–१ को बराबरीमा ल्याउन सफल भयो । 

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेल बिहीबार र पाँचौ खेल शनिबार हुनेछ ।

पाँच खेलको ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि आयोजित शृंखला हो । 

Advertisement

Advertisement