कुमारी बैंकको ९७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता, रामभरोसा वैद्यको पाँच हजार ९३८ कित्ता र सञ्जयनारायण श्रेष्ठको एक हजार ३१९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजातसहित नागपोखरी, काठमाडौंस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । 

उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।

Advertisement

Advertisement