मितेरी डेभलपमेन्ट बैंकले ल्यायो संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा बैंकका संस्थापक शेयरधनी वा संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा रही अन्य व्यक्ति वा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र महेन्द्रपथ धरान–१२ स्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा पर्याप्त खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाले समेत खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement