स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या गर्न भन्दै ‘श्रमाधान सेवा’ सुरु

Advertisement

काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको शुरुवात गरेको छ । 

एक सय ३५ औं विश्व मजदुर दिवसको अवसरमा बुधबार स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरु गरेको हो । 

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको शुरुवात गरे । उनले स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा श्रमाधानको शुरुवात गरेको बताए । 

श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको दाबी गर्दै अर्यालले श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धि बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिए । 

उनले भने, ‘श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको एउटा कल सेन्टरले मात्रै पुग्दैन भनेर श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा लिएका आएका छौं । श्रमाधानको शुरुवात गरौं । श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वृहत र व्यवहारिक योजना हो । श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धि बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ ।’ 

श्रमाधान योजनाका सात क्षेत्र कार्यक्रम: 

सेकेन्ड इनिङ
‘अवकाश पछिको आरम्भ’ 

श्रमाधान सेकेण्ड इनिङगमा वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरुको सीप, श्रम र अनुभवलाई पुन ः सक्रिय बनाउन मद्धत गर्ने एक विशेष पहल हो । यस कार्यक्रमले सेनानिवृत व्यक्तिहरुलाई आफनो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरहरुमा संलग्न हुन सहयोग पुयाउने छ । 

रोजगार बैक
‘पेशागत यात्राको सहयात्री’
श्रमाधान रोजगार बैंकको उद्धेश्य रोजगारदाता र रोजगारी खोज्ने बीचका बहुआयामिक पक्षको समन्वयतात्मक सेतु बनी आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र वृहत प्रतिनिधित्व गर्दे रोजगारीका अवसरहरुलाई व्यापक बनाउनु हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेशागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्छ ।

समता
‘विविधताको एकता श्रममा समता’
श्रम क्षेत्रमा लैगिंक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मुलधारमा आउन नसकेको नागरिकहरुको पहिचान गर्दे श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभूति गर्ने उद्धेश्य श्रमाधान समता कार्यक्रमको छ । यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने कुरालाई पनि समेट्छ । 



‘श्रम सम्बन्धी कानुन सबैले जानुन’
श्रमाधान ल श्रमिकहरुलाई उनीहरुका कानुनी अधिकारहरु र कर्तब्यहरु बुझाएर श्रमको यात्रामा कानुनी रुपमा सुरक्षित बनाउने कार्यक्रम हो । यस कार्यक्रमले श्रमिकहरुलाई श्रम कानुनका विभिन्न पक्षहरुमा सुसुचित गराई भविश्यमा हुन सक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउँछ । यो कार्यक्रम विशेष गरी श्रमिकहरुको कानुनी ज्ञानलाई बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीहरुलाई सहजतापूर्व समाधान गर्न मद्धत पुराउने ध्ययेका साथ ल्याईएको हो । 

कनेक्ट
‘भोलिको तयारी, आजैबाट’
विश्व श्रम बजारको हरेक दिन बदलिँदो छ । यस परिस्थितिमा नेपालको श्रमिकलाई विश्व श्रमिक बजारमा प्रतिस्पर्धी बनाउनुको विकल्प छैन । ग्लोबल ट्रेन्ड र चेन्जमा आधारित भएर श्रमको नयाँ विविधितासँग जोड्न श्रमाधान कनेक्ट कार्यक्रमको उद्धेश्य हो । यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरि रहेका नेपाली श्रमिक र गैर आवसीय नेपालीहरुलाई एउटै धागोमा जोडेर नेपालीहरुको दक्षता र विज्ञता विकासमा आधारित हुनेछ । 

साथ 
‘हामी छौ’ 
श्रमाधान साथ देश भित्र र विदेशमा काम गर्ने श्रमिकहरु र उनीहरुका परिवारहरुको मानसिक स्वास्थ्यलाई केन्द्रविन्दुमा राखी बनाइएको कार्यक्रम हो । यो कार्यक्रम तनाव व्यवस्थापन, मनोसामाजिक सहयोग र साँस्कृतिक समन्वय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न केन्द्रित हुनेछ । 

कल सेन्टर
‘समस्याहरुको सम्बोधन तुरुन्तै’
श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो ।

श्रमाधानले श्रमिकको समस्या समाधानको प्रक्रिया:

कुनै पनि श्रमिकले श्रमाधानमा विभिन्न माध्यमबाट कल गर्नेछन् । कल सेन्टरले समस्याको वर्गीकरण अभिलेखीकरण, सहजीकरण र स्थान्तरण गर्नेछन् । कल सेन्टरले श्रमिकको समस्याको आधारमा सम्बन्धित निकाय जस्तै, वैदेशिक करोजगार विभाग, श्रम विभाग, सामाजिक सुरक्षा कोष, व्यवसायिक प्रशिक्षण केन्द्र लगायतका अन्य निकायका फोकल पर्सनसम्म पुराउने छन् । 

पहिलो चरणमा
श्रमाधान योजना क्रमिक रुपमा कार्यान्वयन हुँदै जानेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर हप्ताको सात दिन नै २४ घण्टा उपलब्ध हुनेछ । समस्या समाधानका लागि कल सेन्टरले सम्बन्धित निकायका फोकल पर्सनसम्म पुराउनेछन् । त्यस्तै कल सेन्टरमा  मिसकलमा आएको अवस्थामा पनि कल ब्याक गरिनेछ । 

दोस्रो चरणमा
त्यस्तै गरी दोस्रो चरणमा विदेशमा आधारित एसआईपि लाइन, आईभिआर (इन्टरएक्टिभ भ्वाइस रेसपोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सेपलेनर, टायम कार्ड, कि पर्फमेन्स इन्डिकेटर प्रयोग  सञ्चालनमा ल्याईनेछ ।

Advertisement

Advertisement