वेस्ट इन्डिज ‘ए’ सँग चौथो खेल खेल्दै नेपाल

Advertisement

काठमाडौं । नेपालले टी–२० शृंखलामा आज वेस्ट इन्डिज ‘ए’ सँग चौथो खेल खेल्दै छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । 

Advertisement

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल आएको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा नेपाललाई १० रनले हराएको थियो । 

त्यस्तै, हिजो भएको तेस्रो खेलमा पनि ७६ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो ।

यी दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

Advertisement

Advertisement