एक अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै सार्वजनिक ऋण व्यवस्थापन

Advertisement

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकारूका लागि पाँच वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो ।

आगामी जेठ २९ गते निष्कासन हुने बचतपत्रको बिक्री खुला वैशाख २२ गतेदेखि जेठ २३ गते (एक महिना) सम्म रहेको छ ।

Advertisement

कार्यालयले वार्षिक ९ प्रतिशत ब्याजदर रहेको एक अर्ब रुपियाँको बचतपत्र निष्कासन गर्न लागेको हो । न्युनतम १० हजार रुपियाँदेखि अधिकतम १० हजार रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउनेछन् । 

बचतपत्रमा वैदेशिक रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका, गैरआवासीय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने कार्यालयले जनाएको छ ।

बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् । तर, उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफूले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने छ ।

undefined

Advertisement

Advertisement