आईएमई लाइफले घाेषणा गर्यो ३४.५० प्रतिशत लाभांश, बोनस र नगद कति ?

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Advertisement

हिजो (वैशाख १९, बुधबार) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

घोषित लाभांशमध्ये २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ९.५० प्रतिशत नगद रहेको छ । 

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement