नेपाल लाइफले भव्यताका साथ मनायो २३ औँ वार्षिकोत्सव

Advertisement

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

यस अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सन्चालन गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रममार्फत दमकमा ३९, वीरगञ्जमा ३२ र जनकपुरमा ३४, नारायणघाटमा ४३, हेटौडामा ३२, ललितपुरमा ३८ र काठमाडौँमा ७०, पोखरामा ४१, बुटवलमा २५ र कोहलपुरमा ३८,  महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ ।

साथै कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन, सुर्खेतमा रहेको बादी सरोकार मञ्चलाई हजार लिटरको पानी ट्याङ्की प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्धन कार्यक्रमलाई सय वटा वृक्ष रोप्नका निम्ति रु ५ लाखको आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम् प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताएका छन् । 

Advertisement

Advertisement