विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा, ओम ओङ्गीलले गरे जुगल-१ को सफल आरोहण

Advertisement

काठमाडौं । विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा, प्रसिद्ध हिमाल आरोही ओम ओङ्गीलले जुगल–१ हिमालको सफल आरोहण गरेका छन् । 

दुई जना नेपाली र एक जना कोरियन गरी तीन जनाले छ हजार ५९० मिटर उचाईमा रहेको जुगल–१ को सफल आरोहण गरेको कोरियन अल्पाइन महासंघको नेपालका लागि सम्पर्क कार्यालयका अध्यक्ष ङावाङिमा शेर्पाले जानकारी दिए । 

Advertisement

विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले शुक्रबार दिउँसो १२ः३० बजे जुगल–१ हिमालको चुचुरो सम्मको डोरी टागेको र सफल आरोहण गरेका हुन् । साथै प्रसिद्ध हिमाल आरोही ओम ओङ्गील र लामा बाबु शेर्पाले त्यसपछि ३ः४० बजे उक्त हिमालको सफल आरोहण गरेको शेर्पाले बताए । उनका अनुसार दुई जना नेपाली र एक जना कोरियनले गरे जुगल–१ को सफल आरोहण गरेको छ भन्ने आज राति ८–९ बजे तिर चार जना कोरियन पनि जुगल–१ हिमालको आरोहण गर्न लागेका छन् । 

नेपाल–कोरियाको सम्बन्ध विस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीले  सिन्धुपाल्चोकस्थित जुगल–१ हिमालको आरोहण गरेका हुन् । 

मन्त्रिपरिषद् बैठकले जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा १० जनाको लाग्ने रोयल्टी ९सलामी० दस्तुरमा छुट दिने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बार्ड, जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, कोरियन सञ्चालक संघ, नेपालस्थितको कोरियाको दूतावास र कोरियन अल्पाइन रेस्क्यु संघ र कोरियाको ओम ओङ्गिल ह्युमेन फाउन्डेसनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । ने

पाल र दक्षिण कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Advertisement

Advertisement