युद्धविरामका लागि बाध्य पार्न टर्कीले रोक्यो इजरायलसँगको व्यापार

Advertisement

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युद्धविरामका लागि बाध्य पार्न टर्कीले इजरायलसँग व्यापार रोकेको बताउनुभएको छ । 

आफूहरुको उद्देश्य इजरायली सरकारलाई गाजा पट्टीमा युद्धविराम गर्न बाध्य पार्नु रहेको बताए । उनले इस्तानबुलमा स्वतन्त्र उद्योगी तथा व्यवसायी संघको सञ्चालक समितिसँगको बैठकमा उक्त कुरा बताएका छन् । 

Advertisement

राष्ट्रपतिले इजरायलसँगको व्यापार ठप्प पार्ने नतिजा व्यवस्थापन गर्न सरकारले व्यवसायी समुदायसँग समन्वय र परामर्श गर्ने पनि बताए । एर्दोगानले यो निर्णयले वर्तमान परिस्थितिबाट असन्तुष्ट अन्य देशहरूका लागि एक उदाहरण स्थापित गर्ने टिप्पणी पनि गरे । सिन्ह्वा–नान

Advertisement

Advertisement