कामना सेवा विकास बैंककाे ७४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Advertisement

Advertisement