जयनगर-जनकपुर-भंगहा रेल सेवा तीन दिन बन्द हुने

Advertisement

काठमाडौं । भारतमा हुने लोकसभाका कारण जयनगर-जनकपुर-भंगहा रेल सेवा तीन दिनसम्म बन्द गरिने भएको छ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ ९वैशाख २५० मा लोकसभा चुनाव हुन लागकोले रेल सेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ ।

Advertisement

त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेल सेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा मंगलबारसम्म पूर्ण रूपमा बन्द रहने छ।

Advertisement

Advertisement