आजदेखि काठमाडौं उपत्यकाका यी क्षेत्रमा दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने

Advertisement

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा एक साता विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले दैनिक चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणका अनुसार आज गोठाटार फिडरअन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा विद्युत आपूर्ति हुनेछैन । 

त्यस्तै २४ गते कालीमाटी र रिगमेन फिडरअन्तर्गत सोल्टी मोडदेखि रविभवनसम्मका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । 

साथै, २५ गते पुनः गोठाटारफिडरअन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म, २६ गते छाउनी आर्मी अस्पताल क्षेत्र, २७ गते पुनः तेजविनायक चोकदेखि मानटारचोकसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । 

त्यसैगरी २८ गते मच्छेगाउँ, कीर्तिपुर फिडरअन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म दैनिक चार घण्टा विद्युत् कटौती हुने बताइएको छ । 

Advertisement

Advertisement