सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

Advertisement

काठमाडौं । बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा वैशाख १६ गते मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । 

Advertisement

त्यसअघि, वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । 

उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेमा सन्दीप जेल जानेछन् । जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

Advertisement

Advertisement