विद्यार्थीहरुको क्षमता विकासका लागि आईआईएमएस कलेजका विभिन्न अतिरिक्त क्रियाकलाप

Advertisement

काठमाडौं । राजधानीको मध्ये भाग पुतलीसडकमा रहेको स्थापित शैक्षिक संस्था आईआईएमएस कलेजले आफ्ना विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासका लागि अध्ययन अध्यापनबाहेक विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । 

विद्यार्थीहरुलाई अनुभव र व्यवहारिक ज्ञान प्रदान गर्न यस किसिमका अतिरिक्त क्रियाकलाप गर्ने गरिएको आईआईएमएस कलेजका लागि लिंकन युनिभर्सिटिको बिबिए संयोजक रोजल जोशीको भनाई छ । 

Advertisement

उनका अनुसार आईआईएमएस कलेजले पढाईको नियमित विषयवस्तुबाहेक औद्योगिक क्षेत्रका विज्ञहरुलाई आमन्त्रण गरेर गेष्ट लेक्टर गर्ने गर्दछ । प्रभात रिमाल, लोकेश घिमिरे, सर्भिस पौडेललगायतका नाम चलेका थुप्रै व्यक्तिहरु ल्याएर कक्षा सञ्चालन गरिन्छ ।  

विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि पाठ्यक्रमअनुसार फरक फरक विषयमा फरक फरक गेष्ट लेक्चरहरु आउने र विद्यार्थीहरुलाई ज्ञानसँगै उत्प्रेषणा दिने गर्दछन् । यस्ता अतिथिहरुमध्ये कसैले मिस नेपालका प्रतियोगीहरुलाई तालिम दिने, कसैले स्र्टाटअप विजनेशका बारेमा तरिका सिकाउने, कसैले कम्पनी व्यवस्थापनसम्वन्धमा ज्ञान दिने, कसैले विजनेश कम्युनिकेसनमा प्रशिक्षण दिने, कसैले उद्यमशीलताका लागि अनुभव सुनाउने, कसैले मनोविज्ञानमा, कसैले प्रोजेक्ट म्यानेजमेन्टमा, कसैले आईटी आदिबारेमा लेक्चर दिने काम गर्छन् ।

गेष्ट लेक्चरको रुपमा चौधरी समूहदेखि एनसेलसम्मका कर्पोरेट लयर (वकिल)हरु पनि आउने गरेको जोशीले जानकारी दिए । उनले विद्यार्थीहरुलाई शैक्षिकरुपमा पोख्त बनाउन आईआईएमएसमा विभिन्न विषयको पाठ्यक्रमसँग सम्वन्धित वर्कसपहरु पनि आयोजना गर्ने गरिएको बताए । यस्ता वर्कसपमा कुनै आयोजना तथा कम्पनीका प्रमुखलाई नै बेलाएर आयोजना व्यवस्थापन, कम्पनी व्यवस्थापन, बार्षिक साधारणसभा (एजीएम), आदि बारेमा विद्यार्थीलाई जानकारी दिने काम हुने जोशीको भनाई छ । 

उनले भने, ‘कोर्षमा पढेको कुरालाई व्यवहारिकरुपमा देखाउने काम यस्ता वर्कसपमा हुन्छ ताकी उनीहरुलाई एकेडेमिकल्ली साउण्ड बनाउन सहयोग पुगोस् । जस्तो एजीएम भनेर किताबमा पढिएको हुन्छ । तर व्यवहारिकरुपमा कस्तो हुन्छ एजीएम ? बोर्ड (सञ्चालक समिति) कस्तो हुन्छ कम्पनीमा ? व्यवस्थापन टिम कस्तो हुन्छ ? उनीहरुले कसरी के के काम गर्छन ? सो कुराबारे प्राक्टिस गराउने गरी यस्ता अतिरिक्त कार्यक्रमहरु गरिरहेको हुन्छ कलेजले ।’ 

त्यस्त, पहिलो सेमेस्टरका विद्यार्थीका लागि भ्यालु एडिसन कोर्ष भनेर वर्कसप आयोजना हुने गरेको छ । यस्तो कक्षामा १२ कक्षा पास गरेर आएकाहरुलाई विश्वविद्यालयमा कसरी अभ्यस्त हुने, कसरी पढ्ने ? कसरी रिपोर्ट बनाउने ? कसरी व्यक्तित्व विकास गर्ने जस्ता कुराहरु सिकाइन्छ । विदा हुने आइतबारको दिनमा समेत यस्ता कक्षा सञ्चालन गरेर उनीहरुलाई सिर्जनात्मक ढंगले लेख्ने र गृहकार्य गर्ने कुरा सिकाइने गरेको संयोजक जोशीले बताए । 

छैटौं सेमेस्टरका विद्यार्थीहरुलाई उद्योगहरुमा नै भ्रमण गराएर समेत उनीहरुलाई ज्ञान दिने काम आईआईएमएसले गर्ने गरेको छ । पछिल्लो पटक कलेजले कीर्तिपुरस्थित राष्ट्रिय आविस्कार केन्द्रमा नै स्थलगत भ्रमण गराउने काम गरेको थियो । उद्योगहरुमा भ्रमण गराउने क्रममा कसरी सामान उत्पादन हुन्छ ? कसरी उद्योग सञ्चालन हुन्छ ? भन्ने कुरा देखाउने र प्रशिक्षण प्रदान गरिन्छ । 

त्यस्तै, आईआईएमएसका बिएचएमका विद्यार्थीहरुलाई अरेना बुटिक होटलमा लगेर होटल म्यानेजर, एचआर हेड, फ्रन्ट डेक्स हेड आदि भूमिका दिएर प्रशिक्षण दिने काम हुँदै आएको छ । होटलमा पाहुना आएको बेला उनलाई कसरी सत्कार गर्ने ? भन्ने कुरा व्यवहारिकरुपमा नै सिकाउने काम कलेजका विद्यार्थीहरुलाई हुने जोशीले जानकारी दिए । 

उनले भने, ‘उद्योगका लागि तयार होउन भनेर हामीले यस किसिमका क्रियाकलापमा उनीहरुलाई सहभागी गराउने काम गर्दै आएका हौं । यसले उनीहरुलाई पढाईको ज्ञानसँगै व्यवहारिक र प्राविधिक ज्ञान समेत प्रदान गर्दछ । वास्तविकरुपमा उनीहरुलाई समस्या पहिचान गर्न र ज्ञान हासिल गर्न यस्ता कुराले सहयोग गर्छ । 

आईआईएमएसमा लिंकन युनिभर्सिर्टिसम्वन्धित बीबीए र एमबीए कार्यक्रम छ भने बाँकी टेलर युनिभर्सिटिसँग सम्वन्धित छन् । कलेजले आउँदो नयाँ सेसनका लागि शैक्षिक मेला गर्न अहिलेदेखि नै गृहकार्य गरिरहेको छ । गत बर्ष कलेजले अन्नपूर्ण होटलमा यस्तो मेला गरेको थियो । शैक्षिक मेला गर्न सरकारको शर्तहरु राखेकाले सोहीअनुसार गर्न गृहकार्य भइरहेको कलेजले जनाएको छ । 

  

Advertisement

Advertisement