आज काठमाडौंमा कहाँ-कहाँ जाँदैछ बिजुली ?

Advertisement

काठमाडौं । आज काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुँदै छ । 

विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Advertisement

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ । 

प्राधिकरणले वैशाख २३ गते (हिजो) देखि एक साताका लागि विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिरहेको छ । जसअन्तर्गत आज कालीमाटी र रिगमेन फिडरअन्तर्गत पर्ने सोल्टी मोडदेखि रविभवनसम्मका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

Advertisement

Advertisement