चार लाख २७ हजार कित्ता शेयर बिक्री गर्दै गरिमा विकास बैंक

Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चार लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीको स्वामित्वमा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक शेयरधनीले आगामी जेठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकएको समयमा शेयर खरिद आवेदननपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement