आशा लघुवित्तको खुद नाफा तीन करोड ८८ लाख

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आशा लघुवित्तको खुद नाफा बढेको छ ।

लघुवित्तले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अवधिमा कम्पनीले तीन करोड ८८ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १७.४८ प्रतिशत बढी हो । गत आवमा लघुवित्तले तीन करोड ३० लाख रुपियाँ नाफा कमाएको थियो।

Advertisement

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७१.५७ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी दुई हजार ८८८. ७० प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ७८.८९ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १६.६७ प्रतिशतले बढेको छ ।

चालू आवको चैत मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ३३ लाख रुपियाँ र वितरणयोग्य नाफा प्रतिशेयर आम्दानी २५.६२ रुपियाँ छ ।

नाफा बढे पनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३.४८ रुपियाँ घटेर ८.७ रुपियाँमा सीमित भएको छ । 

तेस्रो त्रैमाससम्म लघुवित्तको मूल्य आम्दानी अनुपात ९१.११ गुणा र प्रतिशेयर नेटवर्थ १५८.९९ रुपियाँ रहेको छ।
 

Advertisement

Advertisement