सञ्चालनमा आएको एक बर्षमै लघुबीमा कम्पनीले देशभर स्थापना गरे १२८ शाखा, ३७२ रोजगारी

Advertisement

काठमाडौं । सञ्चालनमा आएको एक बर्षको अवधीमा सात लघुबीमा कम्पनीले देशभर १२८ शाखा विस्तार गरेका छन् । हाल नेपालमा ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनी सञ्चालनमा छन् । 

चैत मसान्तसम्म आउँदा ३ निर्जीवन लघुबीमा कम्पनीले देशभर ५६ शाखा स्थापना गरेका छन् । 
४ निर्जीवन लघुबीमा कम्पनीले भने देशभर ७२ शाखा स्थापना गरेको नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकले देखाएको हो ।

Advertisement

प्राधिकरणले २०७९ मंसिरमा सात लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । त्यसमा गार्डिन माइक्रो लाईफलाई कोशी, क्रेष्ट माइक्रो लाईफलाई कर्णाली र लिवर्टी माइक्रो लाईफलाई गण्डकी केन्द्रीय कार्यालय हुने गरि लाइसेन्स दिइएको थियो । यसैगरि, ट्रस्ट माइक्रोलाई लुम्बिनी, नेपाल माइक्रोलाई बागमती, स्टार माइक्रोलाई मधेश र प्रोटेक्टिभ माइक्रोलाई सुदुर पश्चिममा केन्द्रीय कार्यालय हुने गरि लाइसेन्स दिइएको छ । 

प्रादेशिक हिसाबमा लाइसेन्स दिइए पनि उनीहरु देशभर विस्तारित हुन पाउँछन् । गत असारभित्रै सञ्चालनमा आएका ७ लघुबीमा कम्पनीहरुले हालसम्म कोशीमा ३१, मधेशमा ११, बागमतीमा ११, गण्डकीमा २०, लुम्बिनीमा २४, कर्णालीमा १९ र सुदूरपश्चिममा १२ शाखा स्थापना गरेका छन् । 

त्यसमा जीवन लघु बीमा कम्पनीहरुले कोशीमा ९, मधेशमा ७, बागमतीमा ६, गण्डकीमा १०, लुम्बिनीमा १०, कर्णालीमा ९ र सुदूरपश्चिममा ५ शाखा स्थापना गरेका छन् भने निर्जीवन लघुबीमाले कोशीमा २२, मधेशमा ४, बागमतीमा ५, गण्डकीमा १०, लुम्बिनीमा १४, कर्णालीमा १० र सुदूरपश्चिममा ७ शाखा स्थापना गरेका छन् ।

तीन सय ७२ लाई रोजगारी 
चैत मसान्तसम्म लघुबीमा कम्पनीहरुले ३७२ जनालाई रोजगारी दिएका छन् । त्यसमा  कोशीमा १३७, मधेशमा २१, बागमतीमा ३७, गण्डकीमा ३३, लुम्बिनी ६२, कर्णालीमा ४७ र सुदूरपश्चिममा ३५ जनाले रोजगारी पाएका छन् ।  

Advertisement

Advertisement