काठमाडौं । शेयर बजार आज सोमबार पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि पौने ३ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.६२ अंकले घटेको हो । ०.७९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७५ अंकमा झरेको छ ।
आज विकास बैंकबाहेक सबै राताम्मे भएका छन् । विकास बैंक समूह ०.२३ प्रतिशतले बढेको छ । वित्त समूह सबैभन्दा बढी १.९६ प्रतिशतले घटेको छ ।
आज ३१० कम्पनीका ६९ लाख ७८ हजार ३ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९ सय ७९.८८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.०३ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै दोल्ती पावर र पोखरा फाइनान्सका लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सिटिजन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३१ करोड ९८ लाख ३० हजार ९ सय ४२.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
उक्त कम्पनीले आजै मात्रै २८७.४० प्रतिशत लाभांश घोषणा गरेको थियो ।
साताको पहिलो दिन हिजो आइतबार बजार २४.५८ अंकले तल झरेको थियो ।