जसपाबाट फुटेको अशोक राई समूहको प्रस्तावित नयाँ दल निर्वाचन आयोगद्धारा दर्ता

Advertisement

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।

मन्त्रीसमेत रहेका आफ्ना पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका रहेको बेला राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । सोमबार आयोगले दल दर्ता गर्ने निर्णय गरेको हो । 

Advertisement

कुल १२ साँसद रहेको जसपामा अशोक राईसहित सात सांसदले नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । आयोगले नयाँ दललाई वैधानिकता दिएसँगै यादवलाई सरकारमा बस्न अब नैतिक संकट सिर्जना भएको छ ।  

Advertisement

Advertisement