दाबी भुक्तानी बुझिलिन सानिमा जीआईसीको आग्रह

Advertisement

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले लामो समयदेखि दाबी भुक्तानी लिन बाँकी बिमितहरूलाई भुक्तानी बुझिलिन आग्रह गरेको छ ।

कम्पनीले विभिन्न समयमा दाबी निवेदन परेको तर फर्छ्यौटका लागि बिमित सम्पर्कमा नआउँदा भुक्तानी बाँकी रहेको भन्दै भुक्तानी बुझिलिन आग्रह गरेको हो ।

Advertisement

कम्पनीले कोभिडबाहेकका बाँकी दाबी भुक्तानी लिन बिमितलाई कागजातसहित नजिककै प्रदेश, शाखा तथा उपशाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गरी ३५ दिनभित्र  दाबी भुक्तानी लिन भनेको छ । 

सो समयमा भुक्तानी लिन नआएमा त्यस्तो दाबीको सबै फाइल बन्द गरिने कम्पनीले जनाएको छ  ।

Advertisement

Advertisement