खुद ब्याज आम्दानी घटे पनि लक्ष्मी लघुवित्तको नाफा धनात्मक

Advertisement

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा धनात्मक भएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म लघुवित्तले ४ करोड ४४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ९ करोड १७ लाख रुपियाँ ऋणात्मक रहेको थियो ।

Advertisement

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.९७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७५.३१ प्रतिशत बढेको छ । 

त्यसैगरी, लघुवित्तको इम्पेरमेन्ट चार्ज घटेर १ करोड ५८ लाख रुपियाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो चार्ज १५ करोड रुपियाँ रहेको थियो । 

खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज ह्वात्तै घटेकाले लघुवित्तको खुद नाफा धनात्मक हुन पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३.४१ रुपियाँ, प्रतिशेयर नेटवर्थ १८७.४ रुपियाँ र मूल्य आम्दानी अनुपात ६५.६ गुणा रहेको छ । त्यस्तै, वितरणयोग्य मुनाफा १ करोड ८९ लाख रुपियाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५.७१ रुपियाँ रहेको छ।

Advertisement

Advertisement