पार्टी विभाजनविरुद्ध अदालत जान्छौंः उपेन्द्र यादव, ‘संघीय गणतन्त्र धरापमा पर्ने जस्तो देखियो’

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनबिरुद्ध अदालत जाने बताएका छन् । पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसबिरुद्ध अदालत जाने बुधबार पत्रकार सम्मेलन गरी उनले बताएका हुन् । 

यादवले पार्टीका नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीय गणतन्त्र, मधेस र पहिचानको मुद्दालाई धरापमा पार्नेगरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको तर्क गरे । 

Advertisement

उनले पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरुले अदालतमा गएर चुनौति दिने अध्यक्ष यादवको भनाई थियो । यादवले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको बताए । 

यादवले सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताए । उनले भने, ‘गैरकानूनी तरिकाबाट, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरियो । र त्यो प्रमाण पत्र दिएको यहाँहरुले हेर्नु भएको छ । नेपालको इतिहासमा यति छिटो प्रमाण पत्र दर्ता गरेको पहिलो चोटी हो । त्यसमा कुनै वैचारिक आधार छैन । सैद्धान्तिक आधार छैन, मुद्दामा फरक छैन । अब व्यक्तिगत महत्वकांक्षा भन्ने हो भने सांसद बनेका छन् । मन्त्री बनेका छन । अब त्यहाँ भन्दा बढी बनाउने त हामीसँग क्षमता छैन ।’ 

यादवले थपे, ‘नितान्त व्यक्तिगत स्वार्थमा लागेर लोकतन्त्रलाई धरापमा पार्ने र जुन पहिचानको आन्दोलन चलिरहेको छ । ती मुद्दाहरुलाई धरापमा पार्ने, संघीयतालाई धरापमा पार्नेगरी पार्टी विभाजन ग¥यौं भन्ने छ । किन ग¥यौं भन्दा कुनै तर्क छैन । पार्टी विभाजन गरिएको जुन घोषणा भयो । र दर्ता गरे । त्यो असंवैधानिक छ । त्यसमा हामी कोर्टमा चुनौति दिन्छौं लिगल । र सरकारमा नै रहेका केही साथीहरुले, केही पार्टीका नेताहरुले चाहीँ त्यो भ्रमलाई जुन भ्रम फैल्याइएको थियो । कि जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदैछ । त्यो अत्यन्त कपोलकल्पित, बेसलेस कुनै आधार नभएका प्रायोजित ढंगले चलाइएको अफवाह थियो । त्यस किसिमको कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन । जसपा अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि सरकारप्रति जसपाको अहिले निरन्तर समर्थन छ । हामीले समर्थन फिर्ता लिने कार्य गरेका छैनौं । हाम्रो समर्थन यथावत नै छ । र यो रहन्छ । अब यसपछि परिस्थिति कसरी निर्भर रहन्छ ? त्यसमा भर पर्छ ?’

उनले अर्को सरकार बनाउने प्रयास आफूहरुले नगरेको दाबी समेत गरे । 

Advertisement

Advertisement