शेयर बजार स्थिर, वित्त समूहमा लगानीकर्ताहरुको आकर्षण

Advertisement

काठमाडौं । शेयर बजार स्थिर रहेको छ । आज बुधबार बजार ०.२१ ले मात्रै तल झरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.०१ अंकलेमात्रै घट्दा नेप्से परिसूचक १९६०.६० अंकमा आइपुगेको छ । 

Advertisement

आज वित्त समूह सबैभन्दा बढी ३.११ प्रतिशतले बढेको छ भने लघुवित्त समूह २.७६ प्रतिशत र हाइड्रो समूह ०.०२ प्रतिशतले बढे भने बाँकी राताम्मे भए । 

बजारमा आज ३०५ कम्पनीका ५८ लाख ७४ हजार ९ सय ६७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८ सय २५.५० रुपियाँ बराबरको कारोबार भयो । 

समग्रमा बजार स्थिर रहे पनि इन्फिनिटी लघुवित्त, दोल्ती पावर, समता घरेलु लघुवित्त, ग्रामीण विकास लघुवित्त र सिर्जनशील लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.७४, ९.६७, ८.२१ र ७.४५ प्रतिशतले नाफा कमाए ।

त्यस्तै कुमारी सवल योजनाका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । 

आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको उच्च कारोबार भयो । उक्त कम्पनीको १० करोड ६० लाख २८ हजार ७ सय ८१.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २४.४८ र सोमबार १५.६२ अंकले घटेको बजार हिजो मंगलबार भने २.०६ अंकले उचालिएको थियो ।   
 

Advertisement

Advertisement