आज काठमाडौंमा कहाँ-कहाँ जाँदैछ बिजुली ?

Advertisement

काठमाडौं । आज पनि (वैशाख, २७ गते) काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Advertisement

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्थात् चार घण्टा कटौती हुनेछ । 

प्राधिकरणले वैशाख २३ गतेदेखि एक साताका लागि विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिरहेको छ । जसअन्तर्गत आज गोठाटार फिडरअन्तर्गत तेज विनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

साथै, मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति बन्द नहुने पनि प्राधिकरणले जनाएको छ । 
 

Advertisement

Advertisement