तारागाउँ रिजेन्सीको सञ्चालन आम्दानी एक अर्ब र खुद नाफा ३३ करोड

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तारागाउँ रिजेन्सी (हायात होटल) को सञ्चालन आम्दानी एक अर्ब रुपियाँ नाघेको छ।

यस अवधिमा होटलले सञ्चालनमार्फत एक अर्ब ९६ लाख रुपियाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशतले बढी हो । गत आवमा ९० करोड ६१ लाख रुपियाँ आम्दानी गरेको थियो ।

Advertisement

आम्दानी बढेसँगै होटलको खुद नाफा पनि बढेको छ । समीक्षा अवधिमा होटलले ३३ करोड ३२ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २३ करोड ८८ लाख रुपियाँ थियो ।

साथै, होटलको अन्य आम्दानी १९.१२ प्रतिशत र कुल आम्दानी १२.२५ प्रतिशतले बढेको छ ।

नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ । चालू आवको चैत मसान्तसम्म होटलको प्रतिशेयर आम्दानी ५.७७ रुपियाँ बढेर २२.६५ रुपियाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १३७.१९ रुपियाँ छ भने मूल्य आम्दानी अनुपात ३५.०३ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement