आधुनिक किचनका लागि माइडिया वाईफाई रेफ्रिजेरेटर, घर बाहिरबाट नै कन्ट्रोल गर्न सकिने

Advertisement

काठमाडौं । घरायसी सामानहरुको उत्पादनमा विश्वमै नाम चलेको ब्राण्ड  माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक  किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (चार ढोका भएको) रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।  

नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ । आकर्षक कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमएस स्मार्ट होम एपमार्फत वाईफाई कनेक्ट गरी घर बाहिरबाट नै बन्द गर्न सकिने स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ । 

Advertisement

अफिस वा घुम्न गएको बेला वा काम विशेषले घर बाहिर निस्किएको बेलामा पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने भन्दै सीजी इलेक्ट्रोनिक्सले इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया  वाईफाई रेफ्रिजेरेटरले उर्जाको सहि उपयोग र  बिजुलीको लागत घटाउँदै उपभोक्ताको खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने जनाएको छ । 

एक्सप्रेस कुलिङ सर्कलले ग्राहकको मनपर्ने पेय पदार्थ र परिकारहरूको तत्काल आनन्द लिनको लागि चाँडै चिस्याउने काम गर्दछ । एक्टिभ सी फ्रेश प्रणालीले गन्धलाई कम राख्नुका साथै यी  रेफ्रिजेरेटर ब्रश स्टिल डिजाइन गरिएका रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सकिन्छ । 

साइड वाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको कम्पनीले बताएको छ ।  नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्षसम्मको वारेन्टी दिइएको छ । नेपाल अधिराज्यभर रहेका सीजी इलेक्ट्रोनिक्सका २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मूल्यमा उपभोक्ताले खरीद गरि लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । 

साथै, नयाँ बर्ष २०८१को अवसरमा माइडीयब्रान्डको रेफ्रिजेरेटर खरदि गरि हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ । माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । 

शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

Advertisement

Advertisement