काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ९३.७१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले २ करोड ४५ लाख १४ हजार रुपियाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्ष कम्पनीले १ करोड २६ लाख ५५ हजार रुपियाँ नाफा आर्जन गरेको थियो ।
त्यस्तै, खुद बीमाशुल्क ६.५६ प्रतिशतले बढेर ७ अर्ब ६९ करोड ३६ लाख ४२ हजार रुपियाँ पुगेको छ । गत आवको सोही कम्पनीले ७ अर्ब २१ करोड ९४ लाख ७४ हजार रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चालू आवको चैत मसान्तसम्म कम्पनीको बीमा कोषमा ५२ अर्ब ७७ करोड ३ लाख ८५ हजार रुपियाँ सञ्चित छ, जुन गत आवमा ४६ अर्ब १३ करोड ७५ लाख ८२ हजार रुपियाँ थियो ।
१८ करोड १० लाख चुक्ता पुँजी रहेको कम्पनीको कमिशन १३ करोड ८९ लाख रुपियाँ रहेको छ । साथै, प्रतिशेयर आम्दानी बढेर झन्डै दोब्बरले बढेर १८.०६ रुपियाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।