सुनको मूल्य प्रतितोला २३ सय बढ्यो, १ लाख ३७ हजार ९ सयमा कारोबार

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला २३ सय र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन  प्रतितोला १ लाख ३७ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement