संघीय गणतन्त्र कहिलेसम्म हो ? थाहा छैनः झाँक्री

Advertisement

काठमाडौं । एकीकृत समावादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीय गणतन्त्र बचाउन नसक्ने बताएकी छन् । 

बिहीवार नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्मृति सभामा उनले संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताउँदै शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबी गरिन् । 

Advertisement

संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको झाँक्रीको भनाई छ । उनले संघीयता कहिलेसम्म हो ? भन्नेकुरामा शंका रहेको बताइन् । स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि बताउँदै झाँक्रीले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना किन चाहियो भन्ने प्रश्न गरिन् । 

उनले राष्ट्रिय सभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्ने जिकिर गरे । झाँक्रीले भनिन् ‘हामीले कि शासकीय स्वरुप फेरौँ कि हामीले निर्वाचन प्रणाली फेरौँ वा हामीले निर्वाचन, कानूनमा केही न केही फेरौँ । केही पनि नफेरिकन हामी कतै पुग्दैनौँ । संघीयता कसरी बाँच्छ, यसले पूर्ण खोप पाउँछ कि पाउँदैन म भन्न सक्दिन । यो राजनीतिले कसरी बचाउला यो संघीयता ? यो बच्चाले ९ महिनासम्मको पूर्ण खोप पाउँछ कि पाउँदैन ? त्यसपछिको बुस्टर डोज त म भन्नै सक्दिन ।’ 

झाँक्रीले भनिन्, ‘स्थानीय तहलाई जवाफदेही बनाउनै पर्छ, केही कानूनहरुको कमी छ । शासकीय स्वरुपहरुको सम्बन्धमा वा निर्वाचन प्रणालीको सम्बन्धमा ४० र ६० प्रतिशतको जुन मिश्रित निर्वाचन प्रणाली हो यसलाई पनि हेर्नुपर्छ । समानुपातिक र प्रत्यक्ष निर्वाचित गरेर जुन २७५ जनाको सदस्य बनाएका छौँ, राष्ट्रिय सभा फेरि यो ५९ जना किन बनाएको हो ? ५९ जना कायम राख्छौँ भने तल्लो सदनको समानुपातिक हटाउनै पर्छ ।’

सचिव झाँक्रीले निर्वाचनको थ्रेस होल्ड बढाउनुपर्ने बताइन् । नेपालका ४० लाख मानिसहरु विचौलियाको धन्दा गरेर जीविकोपार्जन गर्ने गरेको दाबी गरिन् । 

Advertisement

Advertisement