एक खर्ब ५२ अर्बको कारोबारमा ५५ अर्ब कर अशुली

Advertisement

काठमाडौं । स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ । गत आर्थिक वर्ष २०७४।७५ मा भारतीय आयल कर्पोरेसनसँग नेपाल आयल निगमले एक खर्ब ५२ अर्बको तेल खरिद गरेकोमा जनतासँग त्यसमा थप ५५ अर्ब कर उठायो । नेपाल आयल निगमका अनुसार नेपालमा बर्सेनि २० प्रतिशतका दरले पेट्रोलियमको खपत बढ्दै गएको छ ।

Advertisement

निगमले गत आर्थिक वर्ष २०७३।७४ मा दुई खर्बभन्दा बढीको इन्धन कारोबार गरेको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए । ‘त्यसमध्ये इन्धन बिक्रीकर्ता भारतीय आयल कर्पोरेसन (आइओसी)लाई मात्र करिब एक खर्ब ५२ अर्ब रुपियाँ भुक्तानी गरेका छौँ,’ उनले भने, ‘राज्यलाई विभिन्न शीर्षकमा करबापत थप ५५ अर्ब दिएका छौँ ।’ आयात परिमाण बढेकै कारण इन्धनमा नेपालीले गर्ने खर्च पनि बढ्दै गएको हो ।
बुढीगण्डकीलाई ११ अर्ब, सडकलाई पाँच अर्ब साहका अनुसार सडक मर्मत दस्तुर शीर्षकमा पेट्रोल, डिजेलबाट पाँच अर्ब रुपियाँ कर भन्सार कार्यालयमा दाखिला गरिएको छ । त्यस्तै प्रदूषण नियन्त्रण शुल्कबापत एक अर्ब रुपियाँभन्दा बढी कर भुक्तानी गरिएको छ । बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा स्वदेशी पुँजी जुटाउन सरकारले प्रतिलिटर पाँच रुपियाँ कर तोकेको छ । त्यसबाट गत आवमा ११ अर्ब रुपियाँ सरकारको कोषमा निगमले जम्मा गरिदिएको छ । निगमको नाफाबाट आयकरबापत २ अर्ब आन्तरिक राजस्व विभागलाई भुक्तानी गरिएको छ । गत आवमा सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीको सूचीमा निगम आठौँ स्थानमा छ ।
अहिले निगमसँग देशभर ७२ हजार किलोलिटर भण्डारण गर्न मिल्ने डिपोहरू छन् । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार आयात बढ्दै गए पनि पर्याप्त भण्डारणगृहको अभाव निगमले झेलिरहेको छ । ‘हामीले देशैभर ठूला भण्डारणगृह बनाउने प्रक्रिया सुरु गरेका थियौँ, तर रोकिएको छ,’ उनले भने, ‘इन्धनको ठूलो भण्डारणगृह निर्माण चाँडो सुरु गर्नु जरुरी छ । नत्र भोलिका दिनमा आपूर्ति सहज गर्न समस्या खेप्नुपर्ने हुन सक्छ ।’सबैभन्दा गरिब र उपेक्षितले प्रयोग गर्ने मट्टीतेलबाट भने नाफा कमाउँदै आयल निगमसबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ ।तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपियाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ । रक्सौल नाकामा पेट्रोल ६२ रुपियाँ ७० पैसामा किनेर ११० रुपियाँमा बेच्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ३३ लाख, डिजेलमा १६ करोड आठ लाख र ग्यासमा ३३ करोड ४७ लाख घाटा हुन्छ भने मट्टीतेलमा एक करोड ६६ लाख नाफा हुनेछ । त्यस्तै, हवाई इन्धनमा भने २२ करोड ६७ लाख नाफा हुनेछ ।

आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement