कोरोनासँग जुध्न झण्डै १० अर्ब अनुदान दिने ईयूको प्रस्ताव

Advertisement

काठमाडौं । युरोपियन युनियन (ईयू)ले कोरोनासँग जुध्न झण्डै १० अर्ब रुपियाँ दिने प्रस्ताव गरेको छ । ईयूको नेपाल कार्यालयको विज्ञप्तिअनुसार उसले ७५ मिलियन युरो अर्थात नौ अर्ब ९० करोड रुपियाँ अनुदान दिन ईयूले प्रस्ताव गरेको छ ।

कोरोना रकम रोकथाम तथा नियन्त्रणका लागि दिने प्रस्ताव गरिएको रकममध्ये सात अर्ब २६ करोड यसअघि प्रतिवद्धता जनाइएको रकमबाट र बाँकी रकम नयाँ रकम हो । दाताको अनुदान तथा ऋणको प्रस्ताव मन्त्रिपरिषदबाट अनुमोदन हुनुपर्छ ।

Advertisement

Advertisement

Advertisement