आर्थिक संकट समाधानका लागि आईएमएफले २५ अर्ब ६० करोड सहुलियत ऋण दिने

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले २५ अर्ब ६८ करोड (२५० मिलियन डलर) सहुलियत ऋण दिने भएको छ । शुन्य ब्याजदरमा प्रदान गरिने यो ऋण कोरोना महामारीपछि उत्पन्न आर्थिक संकट समाधानका लागि प्रदान गर्न लागिएको हो ।

पाँच बर्षपछि भुक्तानी गर्न सुरु गर्नुपर्ने यो ऋण १० बर्षभित्रमा चुक्ता गरिसक्नुपर्नेछ । कोषले बिहीबार यो सहयोग स्वीकृत गरेको हो । यो ऋण मन्त्रिपरिषदले स्वीकार गरेपछि मात्रै प्राप्त हुन्छ ।

Advertisement

Advertisement

Advertisement